परिवारवादको प्रश्नमा वामदेवको जवाफ : परिवारै कम्युनिष्ट आन्दोलनमा छ

‘‘मेरो आमा, भाइबहिनी, श्रीमती, सन्तान सबै कम्युनिष्ट आन्दोलनमा लागेका छन्। आज होइन, कठिन परिस्थितिमा समेत आन्दोलनमा थिए।’’

नेपालभ्युज

परिवारवादको प्रश्नमा वामदेवको जवाफ : परिवारै कम्युनिष्ट आन्दोलनमा छ

काठमाडौं। नयाँ पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका नेता वामदेव गौतमले परिवारवादको आरोप सत्य नभएको दाबी गरेका छन्।

मंगलबार नयाँ पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पुरै परिवार कम्युनिष्ट आन्दोलनमा रहेको बताए।

उनले भने, ‘‘मेरो आमा, भाइबहिनी, श्रीमती, सन्तान सबै कम्युनिष्ट आन्दोलनमा लागेका छन्। आज होइन, कठिन परिस्थितिमा समेत आन्दोलनमा थिए।’’

राष्ट्रियसभाका सांसद समेत रहेका नेता गौतमले पदका लागि नभएर कम्युनिष्ट आन्दोलनको विकासका लागि राजनीति गरेको बताए।

‘‘कठिन परिस्थितिमा मैले पार्टी निर्माण गरेको छु। व्यक्तिगत इच्छा पूरा गर्न छाडेर कम्युनिष्ट आन्दोलनको विकासका लागि भूमिगत भएर हिँडेको थिएँ,’’ उनले भने, ‘‘आजसम्म कुनै लाभ लिएको छैन।’’

नेता गौतमको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ६८ जना केन्द्रीय सदस्य छन्। जहाँ उनकी पत्नी तुलसा थापा गौतम र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन्। उक्त केन्द्रीय सदस्यहरूको सूचीको पहिलो नम्बरमा वामदेव गौतम छन् भने उनकी श्रीमती तुलसालाई दोस्रो नम्बरमा राखिएको छ।b


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved