एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

बैठक​मा ​पार्टीको साङ्गठनिक गतिविधि तथा स्थानीय चुनावको समीक्षा र संसदीय चुनाव लक्षित कार्यक्रममाथि छलफल हुनेछ।

नेपालभ्युज

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दैछ। नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेपछि आज पहिलो पटक पार्टीको केन्द्रीय परिषद् बैठक आज बस्न लागेको हो।

एकीकृत समाजवादीले पहिलो केन्द्रीय परिषद् बैठक प्रज्ञा प्रतिष्ठानमा डाकेको छ। बैठकमा पार्टीका महासचिव डा. बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि विशेष छलफल हुने बताइएको छ।

बैठक​मा ​पार्टीको साङ्गठनिक गतिविधि तथा स्थानीय चुनावको समीक्षा र संसदीय चुनाव लक्षित कार्यक्रममाथि छलफल हुनेछ। भर्खरै सकिएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि परिषद् बैठकमा छलफल हुनेछ।

उक्त बैठकमा एकीकृत समाजवादीमा रहेका करीब एक हजार ५०० जना सहभागी हुने बताइएको छ। बैठकको शुरुआत अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved