मन्त्रीको राजीनामा पत्र गोजीमा बोकेर हिँडिरहेको छु : माधव नेपाल

‘‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिइसक्नु भएको छ, म गोजीमा बोकेर हिँडिरहेको छु’’, उनले भने, ‘‘म केही समयपछि सार्वजनिक गर्नेछु। अरु मन्त्रीहरुले पनि चाँडै पठाउनु हुनेछ।’’

नेपालभ्युज

मन्त्रीको राजीनामा पत्र गोजीमा बोकेर हिँडिरहेको छु : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुराना मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्।

आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष नेपालले मन्त्रीको राजीनामा पत्र आफूले पाइसकेको बताएका हुन्।

‘‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिइसक्नु भएको छ, म गोजीमा बोकेर हिँडिरहेको छु’’, उनले भने, ‘‘म केही समयपछि सार्वजनिक गर्नेछु। अरु मन्त्रीहरुले पनि चाँडै पठाउनु हुनेछ।’’

नेकपा एसले पुराना मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ। मन्त्रीहरु भने पार्टीको यस निर्णयबाट असन्तुष्ट छन्।

बिहीबार नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित १० जना सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदै ध्यानकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका थिए।

बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने पत्रमा उल्लेख छ। पुराना र नयाँको सन्तुलन नमिलाएको उनीहरुको आरोप थियो।

प्रेम आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता गरिसकेका छन्। आलेले राजीनामा अध्यक्ष नेपालसमक्ष राजीनामा समेत बुझाइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved