मनसुन भित्रिएको २२ औँ दिन आज, ठूलो पानी पर्ने अनुमान

नेपालमा मनसुन भित्रिएको २२ औँ दिनमा अर्थात् आइतबार धेरै स्थानमा फैलिसकेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा ठूलो पानी पर्न सक्छ।

नेपालभ्युज

मनसुन भित्रिएको २२ औँ दिन आज, ठूलो पानी पर्ने अनुमान

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । नेपालमा मनसुन भित्रिएको २२ औँ दिनमा अर्थात् आइतबार धेरै स्थानमा फैलिसकेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा ठूलो पानी पर्न सक्छ।

त्यसबाहेक देशभर पहाडी भेगका धेरै क्षेत्रमा वर्षाका आकलन गरिएको छ । सुदूरपश्चिममा भने मनसुनी वायु सक्रिय भइसकेको छैन ।
तर, आइतबार राति भने त्यहाँ पनि ठूलो वर्षाको आकलन महाशाखाले गरेको छ । ‘मनसुन सक्रिय बनेको छ, पश्चिमी र स्थानीय वायु कमजोर बनेका छन् ।
नेपालमा मनसुन भित्रिएको २०औँ दिनमा अर्थात् शुक्रबार कर्णालीसम्म फैलिसकेको छ। पूर्व र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी वायु शुक्रबार लुम्बिनी र कर्णालीमा पुगेको तथा प्रदेश १ मा २२ जेठमा मनसुन भित्रिए पनि मधेस, बागमती र गण्डकीमा २६ जेठमा मात्र पुगेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved