पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार उपलब्ध गराएका हौं : परराष्ट्र मन्त्रालय

नेपालभ्युज

पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार उपलब्ध गराएका हौं : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि ८९ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराएको स्पष्ट पारेको छ। उक्त रकम

अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र ०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको मन्त्रालयले खुलाएको हो।

खनालको उपचार खर्चबारे सागर जोशीले २६ जेठ २०७९ मा माग गरेको सूचनाको जवाफमा मन्त्रालयले भनेको छ -पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भएबमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु ३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु‍ ५८ लाख ५२ हजार गरी जम्मा रु ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भई नेपाली राजदूतावास नयाँ दिल्ली पठाइएको।”

खनालको उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताललाई भुक्तानी गरिएको जम्मा रकम ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। तर बाँकी आठ लाख १६ हजार ४७ रुपैयाँ भने हिसाबमा खुलाइएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved