एफएनसीसीआई ५० व्यवसाय/५० लगानीकर्ता कार्यक्रम

प्रस्तुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ।

नेपालभ्युज

एफएनसीसीआई ५० व्यवसाय/५० लगानीकर्ता कार्यक्रम

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० व्यवसाय/५० लगानीकर्ता कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमबारे योजना प्रस्तुत गरेका छन्।

महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ।

मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाइदिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरु गरेको हो। कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो।

प्रस्तुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नविनतम साेच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved