राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

११ असारमा धनगढीमा र १६ मा सुर्खेतमा अन्तरक्रिया कार्यक्रम गरिने राप्रपा नेपालले जनाएको छ।

नेपालभ्युज

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

धनगढी। राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।

११ असारमा धनगढीमा र १६ मा सुर्खेतमा कार्यक्रम गरिने पार्टीले जनाएको छ।

कार्यक्रमका लागि पार्टीका महामन्त्री राजाराम बर्तौला धनगढी पुगिसकेका छन्। सबै वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरुसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्ने उनले जानकारी दिए।

प्रदेश क्षेत्रभित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ, जहाँ थापाले प्रशिक्षण समेत दिनेछन्। कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा भोलि धनगढी जाने कार्यक्रम छ।

यसअघि, हेटौँडा, विराटनगर ,जनकपुर, बुटवल र पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved