नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा

पहिरो खसेपछि गाडी एकतर्फी रुपमा मात्र चलिरहेका छन्।

नेपालभ्युज

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा
फाइल तस्वीर

चितवन। वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ।

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरो खसेपछि गाडी एकतर्फी रुपमा मात्र चलिरहेका छन्।

वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन शुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved