पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि र मल अभावविरुद्ध एमालेले जनसंगठनलाई सडक आन्दोलनमा उतार्ने

नेपालभ्युज

पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि र मल अभावविरुद्ध एमालेले जनसंगठनलाई सडक आन्दोलनमा उतार्ने

काठमाडौं। नेकपा (एमाले) ले मूल्यवृद्धिविरुद्ध आफ्ना जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज जनवर्गीय संगठनका अध्यक्षहरुलाई छलफलमा डाकेर प्रमुख प्रतिपक्षी दल एमालेले पेट्रोलियम पदार्थसहित खाद्यान्नलगायतको मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सडकमा उतार्ने निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार छाडेको एक वर्षभित्र मूल्यवृद्धि तीन सय प्रतिशतसम्म भएकोले आम नागरिकलाई जीवन धान्न मुस्किल भएकोले त्यसविरुद्ध सडक  आन्दोलनमा जानुको विकल्प नरहेको सो पार्टीको ठहर छ।

बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दाअनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय गरेको हो।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved