एसपीपीमा महाराको आशंका : नेपाली शासकहरु झुकेर भित्रभित्रै सम्झौता गर्ने त होइनन् !

‘‘एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताविपरीत छ भन्ने कुरा आएपछि सबै पार्टीहरु याेविरुद्ध उभिएका छन्। तर कतै नेपाली शासकहरु झुकेर भित्रभित्रै सम्झौता गर्ने त होइनन् भन्ने मलाई शंका छ’’, नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले भने।

नेपालभ्युज

एसपीपीमा महाराको आशंका : नेपाली शासकहरु झुकेर भित्रभित्रै सम्झौता गर्ने त होइनन् !
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन्।

३१ औँ किसान संघर्ष दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता महराले एसपीपीबारे आफ्नो धारणा राख्दै सम्झौता हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

‘‘एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताविपरीत छ भन्ने कुरा आएपछि सबै पार्टीहरु याेविरुद्ध उभिएका छन्। सरकारले पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाइसकेको छ’’, नेता महराले भने, ‘‘तर कतै नेपाली शासकहरु झुकेर भित्रभित्रै सम्झौता गर्ने त होइनन् भन्ने मलाई शंका छ।’’

तत्कालका लागि विषय टरे तापनि ४/५ महीनापछि विषय सेलाएको मौका पारेर सम्झौता हुने हो कि भन्ने उनको आशंका छन्। देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने भन्दै उनले सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved