तीन दिनमै फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल लिटरकै दुई सय

पेट्रोलमा एकैपटक २१ रूपैयाँ तथा डिजेल र मट्टितेलमा १९ रूपैयाँले मूल्यवृद्धि भएको छ।

नेपालभ्युज

तीन दिनमै फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल लिटरकै दुई सय

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा एकैपटक २१ रूपैयाँले वृद्धि गरी लिटरको दुई सय बराबर पुर्‍याएको छ। तीन दिनमै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ बाट एक सय ९९ पुर्‍याइएको हो।

२ असारमा प्रतिलिटर ६ रूपैयाँ ५२ रूपैयाँ मूल्यवृद्धि गरिएकोमा आज राती (५ असार) १२ बजेदेखि लागू हुनेगरी थप २१ रूपैयाँ बढाइएको हो। यसरी हप्ता दिनभित्रै पेट्रोलको मूल्य २८ रूपैयाँले बढेको छ।

त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रूपैयाँले बढाएर एक सय ९२ रूपैयाँ पुर्‍याइएको छ।

हवाई इन्धनमा आन्तरिक तर्फ १९ रूपैयाँले वृद्धि गरी एक सय ८५ रूपैयाँ प्रतिलिटर र बाह्य तर्फ अमेरिकी डलर एक सयले वृद्धि गरी एक हजार ६ सय ४५ रूपैयाँ पुर्‍याइएको निगमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved