विशिष्ट व्यक्तिले यात्रा गर्ने हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

नेपालभ्युज

विशिष्ट व्यक्तिले यात्रा गर्ने हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौं। नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाइ उडानमा दुई जना हेलिकोप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको प्राधिकरण, सञ्चालक समितिको बैठक सकिए लगत्तै प्राधिकरणले विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकोप्टरलाई अब विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णय गरिएको जनाएको छ।

त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ। हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकोप्टर कम्पनी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved