मन्त्रिमण्डल पुनर्गठन चाँडै हुन्छ : माधव नेपाल

‘‘मन्त्रीहरू फेरबदल गर्ने निर्णय हामीले गरिसकेका छौँ। पार्टीले नयाँ मन्त्रीहरुको सूची पनि पठाइसकेको छ। प्रधानमन्त्रीज्यूले छिट्टै निर्णय हुन्छ भन्नुभएको छ।’’

नेपालभ्युज

मन्त्रिमण्डल पुनर्गठन चाँडै हुन्छ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्र मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।

आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा उनले मन्त्रिमण्डल फेरबदलको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइसकेको स्पष्ट पार्दै चाँडै निर्णय हुने बताए।

‘‘मन्त्रीहरू फेरबदल गर्ने निर्णय हामीले गरिसकेका छौँ। पार्टीले नयाँ मन्त्रीहरुको सूची पनि पठाइसकेको छ। प्रधानमन्त्रीज्यूले छिट्टै निर्णय हुन्छ भन्नुभएको छ’’, अध्यक्ष नेपालले भने।

६ महिनासम्म काम गर्न दिने सहमति गरेर आठ महिना पुगेपछि परिवर्तन गर्ने निर्णय गरिएको उनले बताए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको उनको भनाइ छ।

नेकपा एसले २२ जेठमै आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। मन्त्री परिवर्तनको विषयमा एकीकृत समाजवादी पार्टीभित्रै विवाद चुलिँदा पुनर्गठन नभएको हो। नेता नेपालले भने यसअघि प्रधानमन्त्रीले समय मागेका कारण तत्काल हेरफेर रोकिएको दाबी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved