प्रधानमन्त्रीको बचाउमा कांग्रेस सांसद : भ्रमण तय नभएसम्म आउन जरुरी छैन

नेपालभ्युज

प्रधानमन्त्रीको बचाउमा कांग्रेस सांसद : भ्रमण तय नभएसम्म आउन जरुरी छैन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनी उपस्थित भएनन्।

आइतबार १० बजेका लागि बोलाइएको बैठकमा उनी नआउने भएपछि समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिए।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले बैठकमा नआएर समितिको अपमान गरेको टिप्पणी गरिन्। समिति सदस्य भीम रावलले पनि देउवा संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाए।

त्यहाँ उपस्थित कांग्रेस सांसदहरुले भने प्रधानमन्त्रीको बचाउ गरेका छन्। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानको रुपमा लिन नमिल्ने बताइन्। उनले भनिन्, ‘‘प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन। उहाँ भ्रमण तय नभएका कारण नआउनु भएको हो।’’

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए। भ्रमण तय नभएसम्म आउन जरुरी नभएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved