थप ३४ जनामा कोरोना पुष्टि

नेपालभ्युज

थप ३४ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय ७६ एन्टिजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ७७ जना निको भएका छन्। हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved