निहुरो टिप्न गएकी महिलामाथि बाघको आक्रमण

नेपालभ्युज

निहुरो टिप्न गएकी महिलामाथि बाघको आक्रमण
फाइल तस्वीर

चितवन। निहुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो। स्थानीय राधाकृष्ण सामुदायिक वनमा निहुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जंगलतर्फ लगेको भन्ने सूचनापछि नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ।

बेपत्ता बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved