लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली अस्पताल भर्ना

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन्।

नेपालभ्युज

लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली अस्पताल भर्ना

काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले जनाएको छ।

अर्काको घरभित्र पसेर महिला र बालिकालाई कुटपिट गरेको आरोपमा उनलाई तुल्सीपुर बसपार्कबाट प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। मन्त्री वलीले दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित सब्जिमण्डी बजार नजिकै मीना भण्डारी बस्नेतको घरभित्र पसेर उनी र उनकी छोरीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।

स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई नियन्त्रणमा लिएको हो। प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई सोही दिन बुटवल पठाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved