एसियन कप छनोट : इन्डोनेसियासँग लज्जास्पद हार, अंकविहीन रह्यो नेपाल

पहिलो हाफको ३३ औँ मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो, जसको असर नतिजामा देखियो।

नेपालभ्युज

एसियन कप छनोट : इन्डोनेसियासँग लज्जास्पद हार, अंकविहीन रह्यो नेपाल

काठमाडौं। नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोरेको छ। एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको हो।

कुवेतमा गएराति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भयो। जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा थप पाँच गोल खायो।

खेलको छैटौँ मिनेटमै मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई शुरुआती अग्रता दिलाए। ४३ औँ मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २–० को अग्रता दिलाए।

पहिलो हाफको ३३ औँ मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो, जसको असर नतिजामा देखियो।

दोस्र हाफको ५४ औँ मिनेटमा आर्यन्टोले तथा लगत्तै ५५ औँ मिनेटमा साद्दिल रामदानीले गोल गर्दै इन्डोनेसियाको अग्रता ४–० को बनाए। ८० औँ मिनेटमा एल्कन बाग्गोटले, ८१ औँ मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो तथा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७–० को जित दिलाए।

समूह ए मा रहेको नेपालले हारसँगै अंकविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। नेपाल समूहको पुछारमा रह्यो।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४–१ गोल अन्तरले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved