विश्वकप लिग टू : ओमानमाथि नेपालको शानदार जित

जितसँगै नेपाल १५ खेलबाट १५ अंक जोड्न सफल भएको छ। नेपाल लिग टूको पाँचौँ स्थानमा उक्लिएको छ।

नेपालभ्युज

विश्वकप लिग टू : ओमानमाथि नेपालको शानदार जित

काठमाडौं। पुरुष एकदिवसीय क्रिकेटमा नेपालले ओमानमाथि शानदा। जत दर्ता गरेको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपालले ओमानमाथि जित निकालेको हो।

गएरासत टेक्ससमा सम्पन्न खेलमा नेपालले लिग टूको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले पराजित गरेको हो। नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले।

ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। मोसा क्रिकेट मैदानमा नेपालका लागि आसिफले ६२ रन बनाए। कुशल ५६ रनमा आउट भए।

यस्तै, रोहित पौडेल २६ रनमा अविजित रहँदा देव खनाल १० रनमा आउट भए। दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे।

ओमानका फायज बुटले २ तथा खबर अलिले एक विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा अलआउट हुँदै १६३ रनको स्कोर खडा गर्न सफल भयो।

उसका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय पारी खेले। यस्तै, सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे।

नेपालका करण केसीले ५ विकेट लिए। उनले ९ ओभरमा मात्र ३३ रन खर्चिए। कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

जितसँगै नेपाल १५ खेलबाट १५ अंक जोड्न सफल भएको छ। नेपाल लिग टूको पाँचौँ स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved