राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै महिलाहरूले गरे तुलसीपुर चौकी घेराउ

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै महिलाहरूले इलाका प्रहरी कार्यालय तुलसीपुर घेराउ गरेका छन्।

नेपालभ्युज

राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै महिलाहरूले गरे तुलसीपुर चौकी घेराउ

काठमाडौं। लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै महिलाहरूले इलाका प्रहरी कार्यालय तुलसीपुर घेराउ गरेका छन्। आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेपछि प्रहरी नियन्त्रणमा रहेकी उनलाई कारबाहीको माग गर्दै महिलाहरूले चौकी घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

‘प्रेमी’की श्रीमतीलाई हातपात गरेपछि स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा (भिडिओसहित)

राजनीतिक संरक्षणमा छुट्न सक्ने भएकाले दबाब स्वरूप आन्दोलन गरेको स्थानीय महिलाहरूले जनाएका छन्।
आज बिहान ७ बजे ‘प्रेमी’ एकराज बस्नेतको घरमा आएर उनकी श्रीमती र छोरीलाई हातपात गरेको भन्दै राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राज्यमन्त्री विमला वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ।

उनलाई प्रहरी कार्यालय भित्र राखिएको छ भने बाहिर स्थानीय महिलाहरूले प्रदर्शन गरिरहेका छन्। ‘‘विमला वलीलाई कारबाही गर, पीडितलाई न्याय दे’ भन्दै नाराबाजी भइरहेको छ।

राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमै, ‘प्रेमी’ एकराज बस्नेत सम्पर्कविहीन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved