राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

कुटपिट गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।

नेपालभ्युज

राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्काको घरभित्र पसेर महिला र बालिकालाई कुटपिट गरेको आरोपमा उनलाई तुल्सीपुर बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

राज्यमन्त्री वलीले दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित सब्जिमण्डी बजार नजिकै मीना भण्डारी बस्नेतको घरभित्र पसेर उनी र उनकी छोरीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।

स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved