संसद बैठकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको आजको बैठकमा १० वटा मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

नेपालभ्युज

संसद बैठकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा १० वटा मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। जारी छलफलमा आज मन्त्रालयगत छलफल हुने संसद सचिवालयले जनाएको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विभिन्न शीर्षकमाथि छलफल जारी छ।

सोमबार दिउँसो बसेको बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम थियो।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १५ जना सांसदले संसद्को जारी छलफल स्थगित गर्दै रासायनिक मल उपलब्ध गराउनेबारे जरुरी महत्त्वको प्रस्ताव पेस गरेको थियो।

सोही विषयमा छलफल गर्दा सोमबार मन्त्रालयगत छलफल अघि बढ्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved