इन्जिनियरिङ कलेजको ठगी मुद्दामा लम्बोदर न्यौपानेलगायत ६ जनालाई सफाइ

नेपाल इन्जिनियरिङ कलेजमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोग लागेका लम्बोदरकुमार न्यौपानेलगायत ६ जनालाई भक्तपुर जिल्ला अदालतले सफाइ दिएको छ। न्यायाधीश उमेश कोइरालाको इजलासले यस्तो सफाइ दिएको हो।

नेपालभ्युज

इन्जिनियरिङ कलेजको ठगी मुद्दामा लम्बोदर न्यौपानेलगायत ६ जनालाई सफाइ
काठमाडौं। नेपाल इन्जिनियरिङ कलेजमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोग लागेका लम्बोदरकुमार न्यौपानेलगायत ६ जनालाई भक्तपुर जिल्ला अदालतले सफाइ दिएको छ। न्यायाधीश उमेश कोइरालाको इजलासले यस्तो सफाइ दिएको हो।
न्यायाधीश कोइरालाको इजलासबाट सबै अभियुक्तमाथि ठगी र कीर्तेको अभियोग पुष्टि नहुने फैसला भएको हो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण–४ भक्तपुरका प्राचार्य हरिकृष्ण श्रेष्ठको जाहेरीमाथि अनुसन्धान गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको प्रतिवेदनका आधारमा कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित ६ जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा २०७७ पुस २८ मा ठगी तथा किर्ते मुद्दा दर्ता भएको थियो।
प्रहरीले न्यौपानेसहित नेपाल इन्जिनियरिङ कलेजका पूर्व लेखा नियन्त्रक रामकुमार श्रेष्ठ र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाका सहायक प्रशासक चोलाकान्त च्वाईंलाई पक्राउ गरेर पेस गरेको थियो।
नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने
त्यस्तै कलेजका तत्कालीन सञ्चालकहरू लवराज भट्टराई, उपेन्द्र गौतम र रामरत्न उपाध्याय फरार रहेका थिए। संस्थापकमध्येका सूर्यबहादुर केसीको मृत्यु भइसकेकाले उनलाई फौजदारी कारबाहीका लागि प्रतिवादी नबनाएको भए पनि सरकारी वकिलको कार्यालयले उनले हिनामिना गरेको रकम उनको नामको सम्पत्ति वा बैङ्क ब्यालेन्सबाट असुल उपर गर्न माग गरेको थियो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved