प्रदेश सरकार खारेज गर्नुपर्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष थापाले भने, ‘‘केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय संरचना बनाउनु पर्छ।’’

नेपालभ्युज

प्रदेश सरकार खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकार खारेज गर्नुपर्ने बताएका छन्।

राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार आवश्यक नभएको बताए। संघीय संरचना नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

‘‘पाँच वर्षको अनुभवमा तीन तहको संघीय संरचनामा प्रदेश सरकारको प्रभावकारिता देखिएको छैन,’’ अध्यक्ष थापाले भने, ‘‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय संरचना बनाउनु पर्छ।’’

उनले राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved