माइला विकको उद्धार भन्दै भाइरल भएको हेलिकप्टरको फोटोको वास्तविकता

उत्त फोटो नवौँ रोटर म्यागेजिन फोटो कन्टेक्सको विजयी भएको थियो। जसलाई खिचेका थिए फ्रान्सका फोटोग्राफर पत्रकार जुलियन बोटेलाले। सोही फोटो  नेपालमा माइला विकको उद्धार हुँदै गर्दा खिचिएको भन्दै केही अनलाइन न्यूजपोर्टलले पोस्ट गरे।
फेसबुक र ट्विटर प्रयोगकर्ताले कपी गरेर थप भाइरल बनाए।

माइला विकको उद्धार भन्दै भाइरल भएको हेलिकप्टरको फोटोको वास्तविकता

काठमाडौं। नुवाकोटको ककनी गाउँपालिकामा त्रिशूली थ्रीए प्रशारण लाइनमा हिँडेका पुरुषको उद्धारको फोटो भन्दै फ्रान्सको फोटो भाइरल भएको छ। झन्डै ८ घण्टापछि नेपाली सेनाले माइला विकको सकुशल उद्धार गरेको थियो।

काठमाडौंबाट हेलिकप्टरमा गएको सेनाको टोली लिखुस्थित खेतमा ल्यान्ड भएको थियो। तर इन्टरनेटमा भने फ्रान्समा एक वर्षअघि नै विद्युत् लाइन मर्मत गर्दैगर्दाको फेटो नुवाकोटको भन्दै भाइरल बनेको हो।

शनिबार दिउँसो ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रशासन लाइनबाट बिजुलीको तारमा चढेका उनलाई लिखु गाउँपालिकाबाट उद्धार गरिएको थियो।

तर, केही अनलाइन समाचार माध्यम तथा सामाजिक सञ्जालमा माइला विकलाई हेलिकप्टरबाट उद्धार गरिएको भन्दै हेलिकप्टरमा झुन्डाइएको बकेटमा केही प्राविधिक चढेको फोटो प्रयोग गरिएको छ। शानिबार साँझदेखि सो फोटो भाइरल भएको छ।

भाइरल फोटोको वास्तविकता

हेलिकप्टर सेवा प्रदायकको संगठन हेलिकप्टर एसोसिएसन इन्टरनेशनलको वेबसाइट ‘रोटोर डट ओआरजीका अनुसार अहिले नेपालमा भाइरल भएकाे फोटो एक वर्ष अघि (२०२१)को हो। उत्त फोटो नवौँ रोटर म्यागेजिन फोटो कन्टेक्सको विजयी भएको थियो। जसलाई खिचेका थिए फ्रान्सका फोटोग्राफर पत्रकार जुलियन बोटेलाले। प्रतियोगितामा विजयी ६ वटा फोटो मध्ये सो फोटो पनि एक रहेको साइटमा उल्लेख छ।

फ्रान्समा विद्युतीय ग्रिड निर्माण र मर्मत गर्न मद्दत गर्न हेलिकप्टर प्रयोग गरिन्छ। यसैक्रममा हाई–भोल्टेज प्रसारण प्रणालीको स्वामित्व र सञ्चालन गर्ने इलेकट्रोनिक्स केबल मर्मत हुँदै थियो। ‘हेभी लिफ्ट युरोकप्टर (एयरबस हेलिकप्टर) एएस थ्रीथ्रीटु मार्फत लाइनमेनहरूको टोलीले काम गर्दै थिए। सो क्रममा फ्रान्सेली फोटोग्राफर जुलियन बोटेलाले फोटो खिचेका थिए। बिजुली उत्पादन र प्रसारणमा हेलिकप्टरको भूमिकालाई प्रस्ट्याउने सो फोटोले पुरस्कार जितेको थियो।

यही जानकारीसहित उक्त फोटो ‘हाई हेली एक्पो’ को ट्विटर र ‘हेलिकप्टर एसोसिएसन ईन्टरनेशनल’ को फेसबुक पेजमा समेत पोस्ट गरिएको छ।



सोही फोटो  नेपालमा माइला विकको उद्धार हुँदैगर्दा खिचिएको भन्दै केही अनलाइन न्यूजपोर्टलले पोस्ट गरेका छन्। त्यसैबाट फेसबुक र ट्विटर प्रयोगकर्ताले कपि गरेर थप भाइरल बनाएका छन्।

नेपाली सेनाले माइला विकको उद्धारको लागि हेलिकप्टर लगेको भन्दै आफ्नो फेसबुक पेजमा फोटो पोस्ट गरेको छ। नेपाली सेनाले लगेको हेलिकप्टर र भाइरल भएका फोटोमा समेत हेलिकप्टर फरक रहेको देख्न सकिन्छ।

त्यसो भए नेपाली सेनाकै हेलिकप्टरले माइला विकलाई झारेको थियो?

सेनाको हेलिकप्टरको सहायताले माइला विकलाई झारिएको होइन। सेनाको उद्धार टोली विद्युतकाे तार टाँगिएको टावरमा चढेर माइला विकलाई तारबाट तल झारेका नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए।

उनले भने, ‘‘हामीले उद्धारमा हेलिकप्टर प्रयोग गरेका होइनौ। सेनाका उद्धारकर्ताहरू हेलिकप्टर चढेर आएका हुन्। उनीहरू चढेको हेलिकप्टर खेलमा ल्यान्ड गराएपछि उद्धारकता विद्युत् टावरमा चढेका थिए।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved