बेपत्ता युवकको शव इनारमा फेला

नेपालभ्युज

बेपत्ता युवकको शव इनारमा फेला
सांकेतिक तस्वीर

बुटवल। कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए।

उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved