जाजरकोटको जुनिचाँदेमा जीप दुर्घटना, दुईको मृत्यु

जाजरकोटको जुनिचाँदे–५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

नेपालभ्युज

जाजरकोटको जुनिचाँदेमा जीप दुर्घटना, दुईको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। जाजरकोटको जुनिचाँदे–५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा ९ जना घाइते भएका छन्। जुनिचाँदे–५ गर्खाकोटबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान ८ बजे वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको हो।

प्रमुख जिल्ला अधिकारी रामबाहादुर शाहीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved