गठबन्धन सरकार बनेदेखि शेयर बजार घटेको घट्यै छ : भट्टराई

नेपालभ्युज

गठबन्धन सरकार बनेदेखि शेयर बजार घटेको घट्यै छ : भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनको सरकार बनेदेखि शेयर बजार घटिरहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उनले सरकारले बनाएका गलत नीतिको असर पुँजीबजारमा परेको बताए।

तथापि सरकारले बजेटमा पुँजीबजारलाई प्राथमिकतामा नराखेको भन्दै उनले आपत्ति जनाए। सरकारका गलत नीति, गठबन्धनका मन्त्री र नेताहरूको गलत अभिव्यक्तिको असर शेयर बजारमा परेको उनको भनाइ थियो।

‘‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र केही महीनादेखि अशान्त छ, यो सरकार बनेपछि, सरकारमा सामेल भएका राजनीतिक दलका केही नेताहरूको अभिव्यक्तिबाट शेयर बजार चिन्तित अवस्थामा छ,” उनले भने। यस्तो बेलामा सरकारले शेयर धितो कर्जाको सीमा घटाउन खोजेको भन्दै यसले झनै असर गर्ने उनले बताए।

हाम्रो जस्तो मुलुकमा पुँजीबजार अर्थतन्त्रको प्रतविम्वि भएको भन्दै उनले शेयर बजारबारे नीति बनाउँदा गम्भीर हुन अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved