इम्बोस्ड नम्बरप्लेटमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

नेपालभ्युज

इम्बोस्ड नम्बरप्लेटमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं। नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ।

उजुरीमा सिस्टम जडान नगरी नम्बर प्लेट अनिवार्य लगाउनु पर्ने,सवारी साधनमा नम्बर प्लेट नलगाए पनि सरकारले भुक्तानी गर्नु पर्ने प्रावधान राखिएकाले भ्रष्टाचार भएको आरोप संघको छ।

विश्व बैंकले कालो सूचीमा रहेको विदेशी कम्पनी लाई ठेक्का दिइएको, गुणस्तरहीन नम्बरप्लेट जडान गरिएको र अत्यधिक महँगो भएकाले इम्बोस्ड नम्बरप्लेटमा भ्रष्टाचार भएको निवेदनमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved