अमेरिकी सेनाका वरिष्ठ जर्नेल बिहीबार नेपाल आउँदै

भ्रमणका क्रममा उनले प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेट्ने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

नेपालभ्युज

अमेरिकी सेनाका वरिष्ठ जर्नेल बिहीबार नेपाल आउँदै

काठमाडौं। अमेरिकी सेनाका प्यासिफिक कमान्डका कामान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लाएन नेपाल भ्रमणमा आउँदैछन्। चार दिने नेपाल भ्रमणका लाथि फ्लाएन बिहीबार नेपाल आउन लागेका हुन्।

नेपाली सेनाले अमेरिकी प्यासिफिक कमान्डका वरिष्ठ जर्नेलको नेपाल भ्रमणलाई सद्भावना भ्रमण भएको बताएको छ। नेपाली सेनाका प्रधानसेनपाति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले २६ जेठदेखि २९ जेठसम्म नेपाल भ्रमण गर्ने तय भएको हो।

वरिष्ठ जर्नेल फ्लाएनको नेपाल भ्रमण परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयबाट स्वीकृत भएसँगै तय भएको हो। भ्रमणका क्रममा उनले प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेट्ने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएसँगै मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएपछि देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी आफै समाल्दै आएका छन्।

यसअघि २६ पुष २०७५ मा अमेरिकाका इन्डो प्यासिफिक कमान्डका एड्मिरल फिलिप एस डेभिडसनले नेपाल भ्रमण गरेका थिए। डिसेम्बर २०१८ मा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वाशिङ्टनको भ्रमण गरेको केही सातामा नै इन्डो प्यासिफिक कमान्डका एड्मिरलले नेपाल भ्रमण गरेका थिए।

तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले वाशिङ्टन भ्रमणका क्रममा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग नेपाललाई इन्डो प्यासिफिक रणनीतिमा समावेश गरेको चर्चासँग इन्डो प्यासिफक कमान्डका एड्मिरल डेभिडसनले नेपाल भ्रमण गरेका थिए।

नेपाल भ्रमणका क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरल, प्रधानसेनापति पूर्णबहादुर थापासँग भेटवार्ता गरेका थिए। यस्तै उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गरेका थिए।

नेपालले अमेरिकी परियोजना एमसीसी पारित १७ फागुन २०७८ मा पारित गरेसँगै अमेरिकाबाट उच्च तहमा नेपाल भ्रमण हुने गरेको छ। जेठको पहिलो हप्ता मात्रै अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपालको तीन दिने भ्रमण गरेको केही समय पश्चात नै अमेरिकाबाट अर्को उच्च तहको नेपाल भ्रमण हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved