पार्टी भित्रकै केही चिप्ले कीराहरुले मलाई चलखेलको आरोप लगाए : पर्यटनमन्त्री आले (भिडिओ)

मन्त्री आलेले आफूहरु मन्त्री भएको बेलामा नै ६ महीनाका लागि तोकिएको पनि बताए। उनले सोही कुरालाई ध्यानमा राखेर आफूले पार्टी अध्यक्ष नेपाललाई नयाँ नेताहरुलाई जिम्मेवारी दिन भनेको पनि बताए।

नेपालभ्युज

पार्टी भित्रकै केही चिप्ले कीराहरुले मलाई चलखेलको आरोप लगाए : पर्यटनमन्त्री आले (भिडिओ)

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेकपा (एकीकृत समाजवादी)का केही नेताहरु नै आफूहरुको विरुद्धमा लागेका आरोप लगाएका छन्।

आफ्नै पार्टीका केही नेताहरुले आलेले चलखेल गर्यो भनेर अन्तर्वार्ता दिँदै हिँडेको भन्दै आलेले उनीहरुलाई चिप्ले किराको संज्ञा दिए। केही नेताहरु मिडियामा गएर प्रेम आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको उनको आरोप छ।

आफूलाई कुनै मन्त्रीको लोभ नभएको भन्दै मन्त्री आलेले जति दिन, जति समय कुर्सीमा बसे पनि देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता जनाए। भने, “हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्यो भनेर इन्टरभ्यू दिइरहेका छन्।”

पशुपति क्षेत्रमा आज एक शिलान्यास कार्यक्रममा मन्त्री आलेले आफूले नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर अन्य नेतालाई इच्छा भए मन्त्री बनाइदिन आग्रह गरेको बताए। उनले आफूलाई मन्त्री पदको लोभ नभएको बताए।

मन्त्री आलेले आफूहरु मन्त्री भएको बेलामा नै ६ महीनाका लागि तोकिएको पनि बताए। उनले सोही कुरालाई ध्यानमा राखेर आफूले पार्टी अध्यक्ष नेपाललाई नयाँ नेताहरुलाई जिम्मेवारी दिन भनेको पनि बताए।

“हामीले त आठ महीना खान पायौँ । दुई महीना त ग्रेसमार्क पाइसक्यो,” मन्त्री आलेले भने, “अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved