लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउन लागेको छ।

नेपालभ्युज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउन लागेको छ। ठाकुरसहित शीर्ष नेताहरु अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

मधेश आन्दोलनको क्रममा भएका घटनामा आफ्ना नेता–कार्यकताविरुद्धको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका नेताहरुले बताए।

ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायत बालुवाटार पुगेका नेताहरुले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved