बाढीले भासिएको बर्दियाको पुल पप्पुले फेरि बनाउने

नेपालभ्युज

बाढीले भासिएको बर्दियाको पुल पप्पुले फेरि बनाउने

बर्दिया। बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भासिएको जब्दीघाट पुल ठेकेदारकै खर्चमा बनाइने भएको छ।

डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीका अनुसार निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनकै खर्चमा पुलको पुनर्निर्माण गर्न लागिएको हो ।

निर्माण कम्पनीले पुलको भासिएको जग अर्को बनाउने र पानीको सतह कम भएको बेला पुल माथि उठाउने उनले बताए ।

कुल १६ करोड ६८ लाख रुपैयाँको लागतमा बनेको उक्त पुल २०७४ साउनमा आएको बाढीले बनेको केही समयमै उद्घाटन गर्न नपाइ भासिएको थियो ।

पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा रहेको उक्त पुल निर्माणमै गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved