मधेश र सुदूरपश्चिम प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सभामा आज आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।

नेपालभ्युज

मधेश र सुदूरपश्चिम प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश सभामा आज आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मधेश प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा आव २०७९/८० को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

यस्तै सुदूरपश्चिमको प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved