रुकुमपूर्वमा बन्यो नौ सदस्यीय जिसस, कसैको दाबीविरोध र उजुरी परेन

नेपालभ्युज

रुकुमपूर्वमा बन्यो नौ सदस्यीय जिसस, कसैको दाबीविरोध र उजुरी परेन

रुकुमपूर्व। जिल्लामा जिल्ला समन्वय समिति निर्विरोध भएको छ।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो। आज दाबी-विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लाामासमन्वय समिति निर्विरोध भएको हो।

यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन्। श्रेष्ठ नेकपा (माओवादी केन्द्र) बाट छन् भने केसी नेकपा (एकीकृत समाजवादी)बाट छन्।

प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरूमा महिला सदस्यमा सिस्ने–७ बाट बिन्दु रावल, भूमे-३ बाट विष्णु रोका, पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट प्रतिमा पुन, दलित तथा अल्पसङ्ख्यकमा पुथाउत्तरगङ्गा–८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा–३ बाट बलकर्म बुढा, भूमे–७ बाट महिमान रोका र सिस्ने–३ बाट लालजीत बुढा छन्। रुकुमपूर्वमा तीन पालिका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved