आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

चितवन। पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ।

लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए।

उनले भने, ‘‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन् धेरै चाप पर्‍यो।’’

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो। यही २२ जेठदेखि यो नियम लागू हुने जनाइएको छ।

सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ।

सरकारले २६ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved