अर्थतन्त्र चलायमान बन्दै गएको छ : अर्थमन्त्री शर्मा

उनले पर्यटनबाहेक सबै क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको बताए।

नेपालभ्युज

अर्थतन्त्र चलायमान बन्दै गएको छ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको बताए।‍ राजस्व संकलन पनि सन्तोषजनक रहेको उनको भनाइ थियो।

आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवर्द्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने उनले बताए। उनले अहिले वैदेशिक सहायता उत्साहजनक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने दाबी गरे।

कृषकलाई बीउ र मल अभाव हुन नदिने भन्दै उनले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने बताए।

त्यस्तै उत्पादनमूलक उद्योग, निर्यात प्रवर्द्धनलगायत विषयलाई बजेटले समेटेको उनको भनाइ थियो। उनले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved