हामी सरकार परिवर्तनको खेलमा छैनौं, बलियो राष्ट्रिय शक्ति बनाउन जुटेका छौं : महासचिव पोखरेल

नेपालभ्युज

हामी सरकार परिवर्तनको खेलमा छैनौं, बलियो राष्ट्रिय शक्ति बनाउन जुटेका छौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमाले सरकार परिवर्तनको खेलमा नभएको पार्टीका महासचिव शंकर पोखरेलले जनाएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जालमा महासचिव पोखरेलले एमाले बरु विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको लेखेका छन्।

स्थानीय तह निर्वाचनपछि एमाले दोस्रो राजनीतिक शक्तिमा झरेको छ। त्यसपछि एमालेले आगामी प्रदेश र संसदीय निर्वाचनमा पहिलो पार्टी हुनेगरी नतिजा ल्याउन पार्टी एकतादेखि गठबन्धनसम्म गर्ने तयारी गरिरहेको छ।

आज मात्र सुर्खेत पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन टुटाएर प्रधानमन्त्री बनाउन ‘अफर’ गरेको खुलाएपछि एमाले महासचिव पोखरेलको यस्तो धारणा आएको हो।

तर अध्यक्ष नेपालले आगामी निर्वाचनभन्दा पहिले गठबन्धनमा प्रतिकूल असर पर्ने काम कुनै काम नगर्नेसमेत बताएका थिए। आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि उनले प्रस्ट पारेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved