दक्षिण कोरियामाथि ब्राजिलको फराकिलो जित, पेनाल्टीमा नेइमारको दुई गोल

नेपालभ्युज

दक्षिण कोरियामाथि ब्राजिलको फराकिलो जित, पेनाल्टीमा नेइमारको दुई गोल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले एशियाली देश दक्षिण कोरियालाई फराकिलो गोलअन्तरले हराएको छ।

आज दिउँसो भएको खेलमा दक्षिण कोरिया ब्राजिलसँग ५-१ गोलअन्तले हारेको हो। खेलको सातै मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ह्वाङ वी जोले गोल गर्दै कोरियालाई बराबरीमा ल्याए पनि नेइमार जुनिअरले ४२ मिनेटमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २-१ को अग्रता दिलाउन सफल भए।

त्यसपछि पुनः नेइमारले नै ५७ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को अवस्थामा पुर्‍याए। पछि अतिरिक्त खेलाडी फिलप काउटिन्होले गोल गर्दा ब्राजिल ४-१ को बलियो अवस्थामा पुगेको थियो। अर्का अतिरिक्त खेलाडी ग्राबियल जिससले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै ब्राजिललाई ५-१ को जित दिलाए।

आजै भएको अर्को खेलमा अर्को एशियाली देश जापानले भने पाराग्वेमाथि ४-१ को फरकिलो जित निकालेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved