लिङ्देनको राप्रपा आफ्नो राप्रपामा आउन लागेको कमल थापाको दाबी

नेपालभ्युज

लिङ्देनको राप्रपा आफ्नो राप्रपामा आउन लागेको कमल थापाको दाबी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि पार्टी छाडेर राप्रपा नेपाल पार्टी गठन गरेका कमल थापाले आफूहरूकै बाटोमा पुरानो पार्टी रहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राप्रपा नेपाल राप्रपाको बाटोमा आउन लागेको बताएका छन्। उनले एकता हुँदाताका २०७० सालको संविधानसभा चुनावमा राप्रपा नेपालले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा घोषणापत्रमार्फत सार्वजनिक गरेको उल्लेख गर्दै अहिले राप्रपाले त्यही बाटो पछ्याएको बताएका छन्।

‘‘सर्वप्रथम राप्रपा नेपालले २०७०सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरेको हो।पार्टी एकीकरणपछि त्यो एजेण्डा छोड्न राप्रपा वाध्य भएको थियो,” उनले लेखेका छन्, ‘‘अहिले पुनः राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेको (?)मा खुसी लागेको छ।”

२०७८ मंसीर १८ मा सम्पन्न राप्रपाको साधारणसभामा तत्कालीन अध्यक्ष थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि राजतन्त्रको मुद्दासहित पार्टी परित्याग गरी थापाले २०६३ सालमा स्थापित राप्रपा नेपाललाई पुन: ब्युँताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved