एक महीनाअघि आएको थियो ज्यान मार्ने धम्की, इनारभित्र साइकलसहित भेटियो शव

नेपालभ्युज

एक महीनाअघि आएको थियो ज्यान मार्ने धम्की, इनारभित्र साइकलसहित भेटियो शव

जनकपुरधााम। सिरहाको गोलबजारमा इनारभित्र एक व्यक्तिको साइकलसहित शब फेला परेको छ।

फेला परेको शव गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द्र भनेर चिनिने विष्णुदेव साहको रहेको प्रहरीले जनाएको छ।

४८ वर्षीय साह श्रीमतिको लागि औषधी लिन मंगलबार अपराह्न घरबाट निस्केका थिए। तर औषधी लिएर अबेर रातिसम्म नफर्किएपछि खोजतलास शुरु गरिएको थियो। खोजीका क्रममा साहको शब आज विहान गाउँकै इनारभित्र फेला परेको हो।

श्रीमती शिवोदेवीलाई तुरुन्तै फर्किहाल्छु भनी साइकलमा गएका उनी राती अबेलासम्म पनि नफर्किएपछि खोजतलास शुरु गरिएको थियो।

मृतककी श्रीमती शिवोदेवी साहले रिसिबीका कारण हत्या भएको आरोप लगाएकी छन्। उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा ज्यान मार्ने धम्की दिएको बताइन्।

साह एक महीनाअघिमात्र वैदेशिक रोजगरीबाट घर फर्किएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसँग केही स्थानीयको विवादभएको थियो।

शब इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved