मुख्यमन्त्री यादवको आरोप : संघीयताको घोर विरोधी प्रधानमन्त्री प्रचण्ड हुन्

नेपालभ्युज

मुख्यमन्त्री यादवको आरोप : संघीयताको घोर विरोधी प्रधानमन्त्री प्रचण्ड हुन्

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता विरोधी भएको अरोप लगाएका छन् ।

सोमबार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उहाँले सञ्चारकर्मीहरुसँग यस्तो आरोप लगाएका हुन् ।

एमालेसहितका राजनीतिक दलहरुले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालिन असर पर्ने खालका निर्णयहरु नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेस गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे ।

यस्तै, मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटक पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए ।

मधेसका मुख्यमन्त्रीलाई ४ दलको ध्यानाकर्षण पत्र- दीर्घकालीन असर पर्ने निर्णय नगर्नू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved