प्रशिक्षण कार्यक्रममा ओलीमाथि खनिए प्रचण्ड : तिमी कसको वैशाखी टेकेर दुईपटक प्रधानमन्त्री भएका थियौ ?

स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) केपी शर्मा ओलीमाथि खनिएका छन्।

नेपालभ्युज

प्रशिक्षण कार्यक्रममा ओलीमाथि खनिए प्रचण्ड : तिमी कसको वैशाखी टेकेर दुईपटक प्रधानमन्त्री भएका थियौ ?

काठमाडौं। स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) केपी शर्मा ओलीमाथि खनिएका छन्।

कार्यक्रममा उनले ओलीको मन रोएकोदेखि दुई पटक प्रधानमन्त्री भएकोसम्म उल्लेख गर्दै एक पटक आफ्नो अनुहार ऐनामा हेर्न ओलीलाई सुझाव दिए। आधाजसो समय एमालेमाथि खनिएका दाहालले संसदमा ओलीले तीन घण्टा गाली गरेकाे स्मरण गर्दै स्थानीय निर्वाचनपछि पनि ओलीमा चेतना नआएको समेत टिप्पणी गरे।

‘‘निर्वाचनपछि आत्मसमीक्षा गर्ने चेतना भयो होला भन्ठानेको त तीन घण्टा अरुलाई गाली गरेको छ। हामी कसैको वैशाखी टेक्दैनौँ माओवादी जस्तो भन्ने ? ’’ प्रचण्डले भने, ‘‘मैले पनि भन्नैपर्‍यो, तिमी कसको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार ऐनामा हेर्न पर्दैन ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved