रवीन्द्र मिश्रले लेखे- अब म खुइलिएँ, तपाईलाई शुभकामना छ

मिश्रले आफ्ना केही ‘अ’मित्रहरुमा समर्पित गर्दै उक्त सन्देशमा लेखेका छन्, ‘यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ(हरू)लाई शुभकामना छ!’

नेपालभ्युज

रवीन्द्र मिश्रले लेखे- अब म खुइलिएँ, तपाईलाई शुभकामना छ

काठमाडौं। विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको भन्दै आफूलाई खुइल्याउन लागेकाहरुलाई शुभकामना दिएका छन्।

मिश्रले सामाजिक सञ्जालमार्फत केही मित्रहरु आफूलाई खुइल्याउन लागेको भन्दै अब आफू खुइलिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस्।’

मिश्रले आफ्ना केही ‘अ’मित्रहरुमा समर्पित गर्दै उक्त सन्देशमा लेखेका छन्, ‘यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ(हरू)लाई शुभकामना छ!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved