गेग्रानसहित धमिलो पानी छिरेपछि बन्द भयो मेलम्ची सुरुङको मूलढोका, वर्षापछि मात्रै खोलिने

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ। गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो।

नेपालभ्युज

गेग्रानसहित धमिलो पानी छिरेपछि बन्द भयो मेलम्ची सुरुङको मूलढोका, वर्षापछि मात्रै खोलिने
फाइल तस्वीर।

काठमाडौं। मेलम्ची खानेपानी आयोजनको सुरुङमार्गको मुखढोका बन्द गरिएको छ। सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै बिहान ८ बजेदेखि मूलढोका बन्द गरिएको हो।

बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मूलढोका बन्द गरिएसँगै महांकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ। आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत हेरफेर गरिएको छ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरी प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ। गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो।

मर्मत सम्भार गरेर गत ११ वैशाखदेखि पानी सुरूङमार्गमा पठाइएको थियो। अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved