काठमाडौं महानगरको पहिलो बैठक : फोहोर व्यवस्थापनका लागि बनाइयो कार्यदल

नेपालभ्युज

काठमाडौं महानगरको पहिलो बैठक : फोहोर व्यवस्थापनका लागि बनाइयो कार्यदल

काठमाडौँ। महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो।

त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ। सहकार्य गरिने रेष्टुराँ र पेट्रोल पम्ममा कामपाले संकेत चिह्न राख्नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन्।

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ। तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।

सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ। कार्यपालिका बैठक मङ्गलबार १० बजे पुनः बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved