टुँडिखेल सेनाबाट महानगरको अधीनमा ल्याउने बताएका बालेन्द्र शाहले भेटे प्रधान सेनापति

नेपालभ्युज

टुँडिखेल सेनाबाट महानगरको अधीनमा ल्याउने बताएका बालेन्द्र शाहले भेटे प्रधान सेनापति

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएसँगै नेपाली सेनाको अधीनमा रहेको टुँडिखेल महानगरपाकिलाको अधीनमा ल्याउने बताएका बालेन्द्र शाहले मेयर पदको शपथ लिएसँगै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन्।

काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर शाहले प्रधानसेनापति शर्मासँग भेट गर्न सेनाको मुख्यालयमा पुगेका छन्। मेयरको शपथ ग्रहणसँगै प्रधानसेनापति शर्मालाई भेट्न जंगीअड्डा पुगेको शाहको सचिवालयले बताए पनि शाहले प्रधानसेनापति शर्मासँग टुडिखेलको विषय राखेको नराखेको भने केही जनाएको छैन। काठमाडौं महानगरपालिकाको मेयर पदको शपथ लिए लगत्तै शाह प्रधानसेनापति शर्मालाई भेट्न जंगीअड्डा पुगेका हुन्।

प्रधानसेनापति शर्मासँगको भेटमा मेयर शाहले विपत व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेको उनको सचिवालयले जानकारी दिएको छ। यस्तै प्रधानसेनापति शर्माले नवनिर्वाचित मेयरलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्। आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ। भेटवार्तामा त्यस विषयमा कुराकानी भए नभएको विषयमा भने केही खुलाइएको छैन।

नेपालका इतिहासका विषयमा लेखिएका पुस्तकदेखि इतिहासकारहरु टुँडिखेलको पूरा भाग टुँडिखेलको उत्तरमा रहेको रानीपोखरीदेखि दक्षिणमा रहेको दशरथ रंगशालासम्म थियो। सन् १८५० मा प्रकाशित पुस्तक ‘स्केचेज अफ नेपाल’ पुस्तकमा पनि यो तथ्य समेटिएको छ।

काठमाडौंकै ठूलो मध्येको खुला स्थान टुँडिखेलको धेरै भाग सेनाको अधीनमा रहेको छ। सेनाले आफ्नो जंगीअड्डा पनि त्यही निर्माण गरेको छ। भने, आर्मी अफिर्सस क्लव पनि त्यही रहेको छ।

रत्नपार्कस्थित पुरानो बसपार्क पुनःनिर्माण गर्ने सरकारको निर्णयसँगै टुँडिखेललाई अस्थायी बसपार्क बनाउने निर्णय केही समयअघि भएको थियो।

टुँडिखेलमा अस्थायी बसपार्क स्थापना भएसँगै त्यहाँ भाडाको प्रयोजनका लागि सटर निर्माण गरिएको थियो। काठमाडौं महानगरपालिकाको यसअघिको नेतृत्वले टुँडिखेलमा भाडाको प्रयोजनका लागि सटर निर्माण गर्न दिने निर्णय गरेसँगै स्थानीयले त्यसको विरोध गरेका थिए। स्थानीयको विरोधपछि निर्माण भइसकेको सटर भत्काइएको थियो। यद्यपि, सेनाले भने टुँडिखेल आफ्नो हिसाबमा प्रयोग गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved