भोट बटुल्नेगरी बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पाण्डे

नेपालभ्युज

भोट बटुल्नेगरी बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं। पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले भोट बटुल्नेगरी बजेट ल्याएको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन गरिसकेपछि संसद्‌बाहिर प्रतिक्रिया दिँदै नेता पाण्डेले यस्तो टिप्पणी गरेका हुन्।

बजेटले चुनावमा कसरी भोट बढ्छ भन्ने मात्रै हिसाब गरेकोमा कार्यान्वयनतर्फ ध्यानै नगएको उनले बताए। जे पनि भनिदिएपछि भोट बढ्छ भन्ने मनसायले सरकारले ल्याएको बताउँदै उनले चुनावी सरकार भएको हेक्का नराखेको बताए।

उनले अब चुनाव हुने र चुनावपछि नयाँ सरकार बन्ने भएकाले उक्त अनुशासनमा सरकारले आफूलाई नराखेको टिप्पणी उनले गरे।

बजेटको आकार पनि बढाइएको बताउँदै उनले बजेटको उद्देश्य भोट बटुल्ने मात्रै रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved