देशैभरका धामहरूको मन्दिर र मूर्ति अवलोकनका लागि प्रतिरूप संग्रहालय बनाइने

नेपालभ्युज

देशैभरका धामहरूको मन्दिर र मूर्ति अवलोकनका लागि प्रतिरूप संग्रहालय बनाइने

काठमाडौं। नेपालका महत्वपूर्ण धामहरु मठमन्दिर तथा मूर्तिहरु एकै ठाउँमा अवलोकन गर्न प्रतिरूप संग्रहालय निर्माण गरिने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

यस्तै कीर्तिपुरमा अवस्थित जनजाति संग्रहालयलाई विस्तार गर्ने घोषणा गर्ने उनले बताएका छन्।

यसैगरी नेपालको ऐतिहासिक शासकीय संग्रहालय स्थापना गरिने उनले बताए। उनले भने, “मधेशको जनकपुर र सिम्रोनगढ तथा कर्णालीको रारा, हुम्ला, से–फोक्सुन्डो, छायानाथ, लिमी र सुदूरपश्चिमका सात देवीहरु बिलासैन, निङ्लासैन, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा, त्रिपुरासुन्दरीलाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गरिनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved