अर्थमन्त्री शर्माले सभामुख सापकोटालाई गरे बजेट ‘ब्रिफिङ’

नेपालभ्युज

अर्थमन्त्री शर्माले सभामुख सापकोटालाई गरे बजेट ‘ब्रिफिङ’

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन्।

शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटासमक्ष आगामी बर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। उक्त अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषय जानकारी गराएका थिए।

उक्त भेटमा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनीलगायतको उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved